बाबियाचौर (म्याग्दी), ९ माघ । सभासद् तथा नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानियाँलाई मातृशोक परेको छ ।
बानियाँकी आमा गङ्गाकुमारी बानियाँको बिहीबार राति सदरमुकाम बेनीस्थित उहाँकै निवासमा ७८ वर्षको उमेरमा निधन भएको जानकारी नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले दिनुभयो ।
उहाँको आज बिहान अन्त्येष्टि गरिने सचिव रेग्मीले बताउनुभयो । रासस















प्रतिक्रिया