
काठमाडौं । गायक रामचन्द्र काफ्लेको गीत ‘विदेशिएँ रमाई रमाई’ बोलको गीत सार्वजनिक भएको छ ।
काफ्लेको स्वर रहेको गीत शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । परेदिएका युवाको भावनामा आधारित गीतलाई दिनेश सुवेदीले लेखेका हुन् भने बाबुल गिरीले संगीत भरेका हुन् ।
गीतमा विदेश गएर पसिना बगाएर खुसी ल्याउने सपना लिएर गएको युवाको मन कसरी टुट्छ भन्ने भाव व्यक्त गरिएको छ । पत्नीले धोका दिएर अरुको अंगालोमा बेरिएर छाडेर जाँदा कस्तो होला ? यसको जवाफ गीतले दिन्छ ।
गीतको म्युजिक भिडियोलाई साशन कँडेलले निर्देशन गरेका छन् । भिडियोमा सम्पदा बानियाँ र विजय बराल मुख्य भूमिका रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :















प्रतिक्रिया