५ कार्तिक २०८३, बिहिबार

फिल्म निर्देशक कल्पनाको निधन

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड फिल्म निर्देशक कल्पना लाजमीको निधन भएको छ । लाजमी लामो समयदेखि किड्नीको क्यान्सरबाट पीडित थिइन् । ६१ वर्षीया लाजमीले आइतबार बिहान ४:३० बजे मुम्बईको धीरुबाई अम्बानी अस्पतालमा अन्तिम श्वास लिइन् ।

कल्पनाको निधनले बलिउड शोकमा डुबेको छ । अभिनेत्री हुमा कुरैशीले पनि सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिएकी थिइन् ।

‘एक पल’, ‘रुदाली’, ‘दरमियां’, ‘क्यों?’ र ‘चिंगारी’ उनीद्वारा निर्देशित फिल्म हुन् ।

यसबाहेक उनले टिभी सिरियल ‘लोहित किनारे’ पनि निर्देशन गरेकी थिइन् । -एजेन्सी