१ कार्तिक २०८३, शनिबार

चिनियाँ सैनिक सङ्गठनविरुद्ध प्रतिबन्धबारे औपचारिक सोधपुछ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, ७ असोज । चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ ।

रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।

चीनका उप–विदेशमन्त्री झेङ झेगुवाङले अमेरिकी राजदूत टेरी ब्रान्टाडलाई बोलाई सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे शान्त एवम् औपचारिकरूपमा चीनका कुरा अमेरिकी प्रतिनिधिसँग राखेको ‘पिपुल्स डेली’को अनलाइन प्रकाशनमा उल्लेख छ । एएफपी