
कैलाली, भजन, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको भवन शिलान्यास समारोहमा उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’
मन्त्री पोखरेलले अहिलेसम्म कुन सङ्कायमा कति विद्यार्थी उत्पादन भए, त्यसको कुनै तथ्याङ्क राख्न नसक्दा समस्या भएको बताउँदै कुनै क्षेत्रमा जनशक्ति फालाफाल छ भने कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा छ, त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पुर्याउँछ भने ।
एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताउँदै उनले प्राविधिक विषयका लागि भौतिक पूर्वाधार, प्रयोगशाला र प्रशिक्षक सबैभन्दा अनिवार्य रहने धारणा व्यक्त गरे । -रासस












प्रतिक्रिया