काठमाडौं, ६ असोज । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा स्वामी सत्यदेवद्वारा रचित तथा प्राध्यापक डा. कृष्णचन्द्रद्वारा सम्पादित ‘स्वामी सत्यदेवः जीवनदर्शन’ कृति सार्वजनिक भएको छ ।
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित एवम् विमोचित उक्त कृतिबारे बोल्दै प्रा डा. अभि सुवेदीले ‘स्वामी सत्यदेवजस्ता तपस्वी सन्तका महान् वाणीहरु समेटिएको यस ग्रन्थले समाजलाई रुपान्तरण गर्न र अग्रगामी दिशातर्फ उन्मुख गराउन सहयोग पुग्ने कुरा उल्लेख गका छन ।
लेखक राजनीतिज्ञ अरविन्द रिमालले ‘स्वामी सत्यदेवका प्रवचनहरुबाट आफू अत्यन्त प्रभावित भएको बताएक छन ।
सो समारोहमा कृतिका सम्पादक प्रा डा. कृष्णचन्द्र शर्माले स्वामी सत्यदेवजस्ता व्यक्ति अग्रज (ज्येष्ठ भ्राता)को रुपमा पाउनु र उहाँका सन्देश एवम् प्रवचनहरु सङ्कलन गरी समाजसमक्ष प्रस्तुत गर्न पाउनु मेरो सौभाग्य भएको उल्लेख गरे ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रतिष्ठानका सल्लाहकार कवि ठाकुर शर्मा भण्डारी, महासचिव डा. लेखप्रसाद निरौला र यादव भट्टराईले पनि कृतिका बारेमा बताएका थिए ।












प्रतिक्रिया