२१ कार्तिक २०८३, शनिबार

लर्ड बुद्धद्वारा छडी र ह्वील चेयर वितरण

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । लायन्स क्लब अफ लर्ड बुद्ध लगायतको इण्टलेशन एण्ड इण्डक्सनले समाज सेवामा गर्दै आएको योगदानका बारेमा जानकारी गराएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा समाजसेवाको क्षेत्रको महत्वपूर्ण योगदान पु-याउँदै आएका क्लवहरूले गत वर्ष गरेका कार्य र आगामी वर्ष गर्ने कार्यको बारेमा जानकारी गराएका छन् ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संकट परेको बेला आकस्मिक सहयोग लगायत समाज सेवाको क्षेत्रमा लायन्स क्लबले गर्ने गरेको सहयोग प्रशंसनीय रहेको बताए ।

उनले आगामी दिनमा नागरिको सेवाका लागि सशस्त्र प्रहरी बल र लायन्स क्लब मिलेर पनि काम गर्न सकिने उल्लेख गरे ।

लायन्स क्लब लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डिस्टिक गभर्नर अशोक श्रेष्ठ, लायन लिडर धनराज आचार्य, राजन लम्साल, इन्दु लम्साल, राजेन्द्र अधिकारी, मानबहादुर रोक्का, युक्त श्रेष्ठ, भीम पौड्याल, मञ्जरी खरेल, लीला खरेल, महेन्द्र पौडेल लगायतको उपस्थितिमा आँखा नदेख्नेलाई सेतो छडी, खुटा नटेक्नेका लागि ह्विल चेयर वितरण गरिएको थियो ।

कार्यक्रममा सबिना भण्डारी, आनिश श्रेष्ठ लगायतको समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । लर्ड बुद्धले असोजको दास्रो हप्ता गुल्मीमा दुई दिने बृहत स्वास्थ्य शिबिर पनि सञ्चालन गर्ने भएको छ ।