
काठमाडौं, ५ असोज । नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले पाँच ओटा जहाज खरिद गर्ने घोषणा गरेको छ । शुक्रबार स्थापनाको दुई दशक पूरा गरेको यतीले पाँच ओटा जहाज थप्ने जनाएको हो ।
यतीले हालै मात्र नयाँ एटिआर जहाज भित्र्याएको थियो । यतीले अब ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजका तीनथान र ४७ सिटे ‘एटीआर४२–३२०’ सिरिजका दुईथान जहाज एक वर्षभित्र खरिद गर्ने जनाएको छ ।















प्रतिक्रिया