२१ कार्तिक २०८३, शनिबार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रदेश, स्थानीय तह र भगिनी संगठनको एकीकरणका विषयमा छलफलका लागि सचिवालय बैठक बसेको हो । यसबाहेक मुलुकको शान्ति सुरक्षा, सरकारविरुद्ध उठेका विषयमा पनि छलफल जारी छ ।

सचिवालय बैठकले राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रधानमन्त्री ओलीलाई नेपालको शान्ति स्थापनादेखि स्थायी सरकार गठनको ठोस उपलव्धिका विषयमा बोल्ने एजेन्डा पनि दिएको छ ।

गरिबिबाट मुक्ति दिलाउनका लागि राष्ट्र संघ आवद्ध मुलुकले नेपालमा सहयोगसहित लगानीको वातावरण बनाउने विषयमा बैठकमा छलफल चलिरहेको बताइएको छ ।

प्रधानमन्त्री ओली भोली नेपाली सरकारी टोलीको नेतृत्व गरेर अमेरिका जाँदैछन् ।