२१ कार्तिक २०८३, शनिबार

मध्यविन्दुमा सवारी दुर्घटना, ३२ जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोटी, ५ असोज । नवलपुरको मध्यविन्दुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

बिहान करिब १ बजे मध्यबिन्दु नगरपालिका ११ कुसुन्डेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा काठमाडौंबाट दाङ जाँदै गरेको ना ६ ख ९२८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको आर जे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर खाँदा यात्रुवाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीको भनाई छ । बसमा सवार झण्डै ६५ जना यात्रु मध्य १३ जना घाइतेहरूलाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ ।

१९ जना घाइतेहरूको स्थानिय मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । दुबै सवारी चालक फरार भएका छन्
।