काठमाडौं, ८ माघ । प्रमुख तीन दल र मधेशी मोर्चा सम्मलित बैठक निष्कर्षविहीन भएको छ ।
सहमतिका लागि अन्तिम प्रयास भन्दै बसेको बैठक निष्कर्षविहीन भएको छ । प्रमुख दलको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १९ दलले सहमति भएका र सहमति नजिक पुगेका विषयहरुलाई समेटेर ‘राजनीतिक स्टेटमेन्ट’ दिने प्रस्ताव गरेका थिए । जसलाई सत्तारुढ दललाई अस्वीकार गरेका छन् ।
दलहरुबीच कुनै सहमति नभएपछि पुरानै अबस्थामा अहिले साँढे आठ बजेका लागि संविधानसभाको बैठक बोलाइएको छ । दिउँसो सवा ३ बजे बस्ने गरी आधा घण्टाका लागि बोलाइएको बैठक दलहरुको बैठकका कारण सुरु हुन सकेको थिएन ।
















प्रतिक्रिया