२१ कार्तिक २०८३, शनिबार

लमजुङमा शुरु भयो सिभिल इञ्जिनियरिङको पढाई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ असोज । लमजुङमा सिभिल इञ्जिनियरिङको पढाई शुरु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमुना माविमा डिप्लोमा ३ वर्षे कार्यक्रम सिभिल इञ्जिनियरिङको पढाई शुरु भएको हो ।

यसैवर्ष देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर ३ वर्षे सिभिल ईन्जिनियरिङको पढाई उक्त विद्यालयमा शुरु भएको हो । बिहीबार वडाअध्यक्ष मोतीप्रसाद गुरुङले शुभारम्भ गरेका हुन् ।

जिल्लामै इञ्जिनियरिङ पढाई शुरु भएपछि विद्यार्थीहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको छ । ४८ जनाको कोटा रहेको उक्त कोर्सका लागि ३० जना विद्यार्थी भर्ना भइसकेका छन् ।