
काठमाडौं, ४ असोज । मुक्तिनाथ विकास बैंकले बिना धितोसम्बन्धी नयाँ कर्जा योजना ल्याएको छ ।
बिना धितो कर्जा लिएका ग्राहकको धितो अवधिभर मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा हुने तथा तिरिसकेको सम्पूर्ण रकम मृतकको परिवारलाई बुझाइने बैंकले जनाएको छ ।
बैंकको यो योजना उपयोग गर्ने नेत्रहरी क्षेत्री (मृत्यु भएका व्यक्ति) को परिवार पहिलो हो । बिहीबार मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले स्व. नेत्रहरी क्षेत्रीकी श्रीमती कविता क्षेत्रीलाई ६२ हजार ६८२ रुपैयाँ र किरिया खर्च ५ हजार हस्तान्तरण गरे ।

देउराली-९ कास्कीका नेत्रहरीले मुक्तिनाथ लघुबित्त, काहुँखोलाबाट बिना धितो एक लाख ३० हजार ऋण लिएका थिए । बैंकले उनको परिवारलाई तिरेको रकम ६२ हजार ६८२ रुपैयाँ फिर्ता गर्दै तिर्न बाँकी रकम ७६ हजार ८८८ रुपैयाँ मिनाहा गरिएको साना तथा लघु बैंकिङ प्रमुख नोनमाया गुरुङले जानकारी दिइन् ।















प्रतिक्रिया