
काठमाडौं, ४ असोज । काठमाडौंको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ शुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा शुरु भएको एक्स्पोको बिहीबार नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।
सो क्रममा चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजेपनि राज्यबाट सहयोग नपाएको तर्फ ध्यानाकर्षण गराए। नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदन आग्रह गरेका थिए ।
५ दिनसम्मचल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । असोज ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलहरु रहेका छन् ।















प्रतिक्रिया