
कपिलवस्तु असोज ४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपनुरकी १३ बर्षिय बालिका निर्मला पन्तलाई न्याय माग्दै कपिलवस्तुको बुद्धभूमीमा प्रदर्शन भएको छ ।
भृकुटी माविका बालबालिकाहरुले बुद्धभूमीको बुड्ढी चोकमा प्रदर्शन गरेका हुन् । उनिहरुले निर्मलाको हत्यारालाई छिटो पक्राउ गर्न माग समेत गरेका छन् ।
दैनिक रुपमा महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध बढेकोले नेपालका नारीहरुले जोखिम मोल्नु परेकोमा सरकारको ध्यानाकर्षण गराउन दवाव दिएको बुद्धभूमी ४ का कृष्ण गिरी बताउँछन् ।
कार्यक्रममा सहभागीहरुले महिला सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएका थिए ।












प्रतिक्रिया