
काठमाडौं, ४ असोज । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता सयका दरले कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
यसअघि कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको १ लाख ८० हजार ५८० कित्तासमेत जोडेर कम्पनीले अब सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।
सीबीआइएल क्यापिटल लिमिटेडले कम्पनीको सेयर निष्काशन तथा बिक्रीको जिम्मा लिएको छ ।















प्रतिक्रिया