
अबुधाबी, ४ असोज । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् ।
प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गरे । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्ने समाचारमा जनाइएको छ ।
यसअघि बुधबार नै प्रधानमन्त्री खानले साउदी अरबीयाका राजा सल्मान र राजकुमार मोहम्मद बीन सल्मानसँग रियादमा भेटवार्ता गरेका थिए । भेटका अवसरमा क्षेत्रीय र द्विपक्षीय सरोकारका साथै आर्थिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठनका महासचिवसँग साउदी अरबमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग विदेशमन्त्री शाह महमूद कुरेसी, विदेशमन्त्री तहमीना जान्जुआ र साउदी अरेबीयास्थित पाकिस्तानी कुटनीतिज्ञहरुको सहभागिता थियो । -रासस















प्रतिक्रिया