
काठमाडौं, ४ असोज । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इटालियन क्लब युभेन्टसले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २-० ले पराजित गरेको हो । खेलको २९ औं मिनेटमै पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएसँगै युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
रोनाल्डोको यो च्याम्पियन्स लिगमा पहिलो रातो कार्ड हो । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन् ।
रातो कार्डसँगै रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लाग्ने भएको छ । खेलको खेलको ४५ औं मिनेटमा पेनाल्टीमार्फत पजनीकले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा पेनाल्टीमै पजनीकले गोल गर्दै अग्रता दोब्बर पारे ।
भ्यालेन्सियाविरुद्ध जित दर्ता गरेसँगै युभेन्ट्सले पहिलो खेलमा ३ अंक जोडेको छ ।















प्रतिक्रिया