२१ कार्तिक २०८३, शनिबार

बाजुराका पाँच अनाथलाई एसओएसमा लगियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ४ असोज । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौँ लगिएको छ ।

बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौं लगेको हो ।

‘पाँच अनाथ बालबालिका अभिभावकबिहीन भई बिचल्लीमा’ भन्ने समाचार राससलगायत अन्य विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनीहरूको परिस्थिति अध्ययन गरी काठमाडौं लगिएको बालग्रामका जिल्ला प्रमुख पदम हमालले बताए ।

बेसाहरा बालबालिकाको गाँसबास र कपासका लागि यसअघि समाजसेवी इशा गुरुङले बेलायतबाट विश्वरभरि सहयोगका लागि अभियान चलाएकी थिएन् ।

अर्का सामाजसेवी खुशी राईले नेपालमै उनीहरूकै सहयोगका लागि विभिन्न ठाउँमा पहल गर्दै आएकी छिन् ।

पत्रकार महासङ्घका जिल्ला शाखा अध्यक्ष प्रकाश सिंहले आर्थिक सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरेर रकम सङ्कलन गरेका थिए ।

तीन वर्षअघि रामबहादुरको क्यान्सरका कारण ४३ वर्षको उमेरमै मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएको १० महिना नपुग्दै श्रीमती बिर्मा अर्कैसँग हिँडेपछि ती बालबालिका बिचल्लीमा परेका थिए ।

रामबहादुरका पाँच सन्तानमध्ये १३ वर्षीया पार्वती, ११ वर्षीया सोविना, नौ वर्षीया अस्मिता, सात वर्षीय सुवास र ४ वर्षीय रोशन अहिले बालग्राममा छन् ।

संविधान दिवस २०७५ को अवसरमा ती पाँच बालबालिकाको पालनपोषणका लागि विभिन्न ठाउँबाट सहयोग स्वरुप सङ्कलन भएको रु पाँच लाख हस्तान्तरण गरिएको छ ।