
चितवन, ३ असोज । देशभर धुमधामका साथ राष्ट्रिय दिवसका रुपमा चौथो संविधान दिवस मनाइरहँदा राष्ट्रिय जनता पार्टी नेपालले भने देशैभर बुधबारको दिनलाई कालो दिवशको रुपमा मनाएको छ । यसैक्रममा राजपा नेपाल जिल्ला समिति चितवनले कालिका नगरपालिका वडा नं. २ पदमपुरमा आयोजित कार्यकर्ता भेला एवम् विरोध कार्यक्रमको आयोजना गरी आजको दिन संविधान दिवश नभई कालो दिन भएको जनाएको छ ।
राजपा नेपालका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठले संविधान जारी भएको ३ वर्ष पुरा भइसक्दा पनि जनजाती, आदिवासी, मधेसी, अल्पसंख्यकको पक्षमा यो संविधान नभएको भन्दै आजको दिनलाई कालो दिवशको संज्ञा दिएका छन् ।
कार्यक्रममा राजपा महिला संघकी अध्यक्ष मञ्जु रानाले महिला, दलित, उत्पीडित, मधेशी लगायत सबैलाई यो संविधानले समान रुपमा हेर्न नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको उनले बताइन् ।












प्रतिक्रिया