
काठमाडौं, ३ असोज । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि यक्षध्वज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु ५१ बुँदे प्रतिबद्धतासहित आजै सार्वजनिक गरेका छन् ।
महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको उनको जिकिर छ । अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’
उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’ ढकालले आफ्नो समूहको जीत सुनिश्चत भएपनि आफूलाई लोकतान्त्रिक भन्ने शक्तिहरु बढि पैसामा चलखेल गर्ने भएकोले सचेत रहनुपर्ने बताए ।















प्रतिक्रिया