
काठमाडौं, ३ असोज । यति एयरलाइन्सले तेस्रो एटीआर विमान भित्र्याएको छ । यतिको एटिआर ७२–५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार अवतरण गरेको यति एयरलाइन्सले जनाएको छ ।
उक्त विमान फ्रान्सको टुलुसबाट इटली, इजिप्ट र मस्कट हुँदै नेपाल आएका हो । कलसाइन ९ एन–एएलएन भएको विमानबाट यतिले भद्रपुर र पोखरामा विमानस्थलमा उडन गर्ने भएको छ । योसँगै अब यति एयरलाइन्ससँग ३ वटा एटिआर मात्र भएका छन् भने ६ वटा बिएई जेटस्ट्रिम–४१ रहेका छन् ।















प्रतिक्रिया