८ कार्तिक २०८३, आइतबार

सहमतिका लागि वार्तामा बस्न तयार छौँ : अर्थमन्त्री महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsharan-mahat

काठमाडौँ, ८ माघ । अर्थमन्त्री डा रामशरण महतले संविधान लेखनका विषयमा सहमति खोज्न वार्तामा बस्न आफूहरु तयार रहेको बताउनुभएको छ ।

संविभानसभाको बैठक अवरुद्ध भएपछि केही समय बाहिर निस्कनुभएका अर्थमन्त्री महतले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा आफूहरुले लचकता देखाएको भए पनि एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाका कारण संविधान आउन नसकेको बताउनुभएको छ ।

राजनीतिक दलले गरेको सहमतिअनुसार आज संविधान दिन नसक्नु दुभाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – सहमतिका लागि प्रयत्न गर्ने र्छौं । त्यसका लागि ढोका खुला राख्छौं ।

सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्न अफूहरु तयार भए पनि विपक्षीले त्यसो गर्न नदिएको अर्थमन्त्री डा महतको भनाइ थियो । यसैबीच एनेकपा माओवादीका सभासद् श्याम श्रेष्ठले दलहरु मिल्नुको विकल्प नरहेको उल्लेख गर्दै संविधान लेखनमा अल्पमत र बहुमत भन्न नमिल्ने बताउनुभयो । रासस