४ कार्तिक २०८३, बुधबार

टी–२० विश्वकप छनोटका लागि प्रारम्भिक टिम घोषणा, को–को परे ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । सन् २०२० को विश्वकप छनोट खेल्ने प्रारम्भिक नेपाली टोलीकाे छनोट भएको छ । पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले १८ सदस्यीय टिमको घोषणा भएको हो ।

प्रतियोगिता आगामी असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ । प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा प्रारम्भिक टिम घोषणा गरिएको मंगलबार गरिएको हो ।

नेपाली टिममा को–को परे ?

पारस खड्का, अनिल कुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब अलाम, शरद भेषवाकर, सोमपाल कामी, सुनील धमला

पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन् । एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा पर्ने छन् ।