
काठमाडौं, २ असोज । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
जनसेवीले प्रतिकित्ता १०० रुपैंया अंकित ४ लाख २० हजार कित्ता अर्थात् चार करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीले आइपीओ निष्काशनका लागि अनुमतिका लागि आवेदन गरिसकेको छ ।
एनएमबी क्यापिटलले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्दैछ ।















प्रतिक्रिया