
गाईघाट, २ असोज । मानव अधिकार र सामाजिक न्यायका सवालमा निगरानी समुह र जनप्रतिनिधिलाई सक्षम बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तालिम दिएको छ । इन्सेकले दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो ।
रौता गाउँपालिका वडानं ७ मुर्कुची बजारमा आयोजना गरिएको तालिममा उदयपुरगढी गाउँपालिका ८ र रौतामाई गापा ७ का जनप्रतिनिधि र मानव अधिकार निगरानी समुहका सदस्यहरुको उपस्थिति रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक प्रदेशनं १ का संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत वागमता कटेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अधिवक्ता हिमाल खड्काले सहजिकरण गर्ने भएका छन् ।
तालिममा विशेषगरी मानव अधिकार अवधारणा र राज्यको दायित्व, विकास, दिगो विसकाका लक्ष्यहरु, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका बुझाई तथा अभ्यास, लवि, एडभोकेसी तथा उत्प्रेरणा र सहजिकरणका विषय बस्तुका उठान गरिने भएको छ ।












प्रतिक्रिया