काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी ओली असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।
७३ औं महासभा आजबाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् ।
उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ ।















प्रतिक्रिया