
काठमाडौं, १ असोज । उपत्यका भित्रपनि देशभरकै जस्तो बलात्कारका घटना अत्याधिक बढेको पाइएको छ । महानगरीय प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारका घटना बढेको देखिएको छ ।
भदौं महिनामा उपत्यका भित्र मात्र १६ महिला बलात्कृत भएका छन् । साउनमा २६ बलात्कारका घटना भएका छन् । यी मध्य अधिकांश घटना काठमाडौंमा भएका छन् ।
उपत्यकामा साउन महिनामा भन्दा भदौंमा बलात्कारका घटनामा कमी आएको देखिए पनि बलात्कारका घटना बढ्दो क्रममा रहेको छ । आव २०७३÷०७४ मा काठमाडौं जिल्लामा मात्र १ सय १४ वटा बलात्कारका घटना भएका छन् । यसैगरी आव २०७४÷०७५ मा उपत्यकामा १ सय ४९ वटा बलात्कारका घटना भएको तथ्यांक छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आव २०७४÷०७५ मा देशभर १ हजार ४ सय ८० महिलामाथि बलात्कार भएको छ ।















प्रतिक्रिया