२१ कार्तिक २०८३, शनिबार

हतकडीसहित भागेका अभियुक्त पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सर्लाही, १ असोज । हतकडीसहित फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का अन्दाजी १७ वर्षीय सञ्जु परियार रहेको प्रहरीले जनाएको छ । गत भदौ २० गते गाउँकै सात वर्षीया बालिकालाई करणी गरी फरार भएका परियारलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी ल्याउँदै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित होटलमा खाना खाने क्रममा हतकडीसहित उनी फरार भएका थिए ।

उनलाई आइतबार राति सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ गरी सर्लाही ल्याइएको प्रहरीले जनाएको छ । अभियुक्त हतकडीसहित फरार भएपछि इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका एक असई र एक हबलदार निलम्बनमा परेका थिए । –रासस