२१ कार्तिक २०८३, शनिबार

‘अबको मुद्दा आर्थिक तथा सामाजिक अधिकारको’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


उदयपुर, १ असोज । मानव अधिकार उल्लंघन र ज्यादतीका मात्र नभई आर्थिक तथा सामाजिक अधिकारका सवालाई सशक्त ढंगले उठान गर्न उदयपुरका अधिकारकर्मी र पत्रकारहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सक)लाई सुझाब दिएकाछन् ।

इन्सेक १ नम्बर प्रदेश कार्यालय बिराटनगरले सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको मानव अधिकार संरक्षण र सम्र्वद्धनका लागि सञ्चारकर्मी बिषयक अन्तर सम्बाद कार्यक्रममा सहभागिहरुले यस्तो सुझाब दिएका हुन् ।

उनीहरुले मुलुक परिवर्तनको दिसातर्फ अगाडी बढिसकेकाले मानवअधिकारकर्मीको अवको दिशानिर्देश आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारलाई स्थापित गर्न लागि पर्नु पर्ने धारणा व्यक्त गरे । सुशासन, जवाफदेहिता, पारदर्शिताका सवालहरु पछिल्लो समयमा नारामा मात्र सिमिति रहेकाले व्यवहारमा कार्यान्वयन गराउन अधिकारकर्मीहरु लागि पर्नु पर्ने बताए ।

कार्यक्रममा इन्सेक प्रदेशनं १ का संयोजक सोमराज थापाले सन २०१९ मा प्रकाशन हुने मानवअधिकार बर्ष पुस्तकका लागि सन २०१८ को ८ महिनामा प्रदेशनं १ मा भएका घटनाहरु सार्वजानिक गरेका थिए । उनकाअनुसार मानवअधिकार उल्लंघन र ज्यादतीबाट ६ सय ४३ जना पीडित भएको त्यसमध्ये राज्य पक्षबाट ४८ जना पुरुष र ७ जना महिला गरी ५५ जना पीडित भएकाछन् ।

वरिष्ठ पत्रकार कौशल चेम्जोङले मानवअधिकारका सवालमा पत्रकारहरुलाई प्रशिक्षित गराउनु पर्ने धारणा व्यक्त गरे । सवालहरु फेरीदै गएकाले अधिकारका सवाललाई विश्वव्यापी बनाउन पत्रकारहरुलाई प्रशिक्षित गराउनु पर्नेमा उनको जोड थियो । कार्यक्रमा जिल्लाका अधिकारकर्मी र पत्रकार गरी ३ दर्जन वढिको संख्यमा उपस्थिति रहेको थियो ।