२ कार्तिक २०८३, सोमबार

गण्डकी विकास बैंकको प्रोफेसनल कर्जा बजारमा

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । गण्डकी विकास बैंकले बिना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ ।

उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्टलगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ । बैैंकले बचत खाता तर्फ दैनिक ७५ ब्याज तथा अन्य आर्कषक सेवा सुविधासहितको साधारण बचत खाता बजारमा ल्याएको छ ।

उक्त खातामा एटिएम, एबिबिएस, मोबाइल ब्यांकिङ, एएसबिए सेवालगायत पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ । त्यसैगरी बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७५ ब्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ ।