
काठमाडौं, १ असोज । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा सेयर सोमबार सामान्य अङ्कले घटेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता सेयर ६८ करोड ७६ लाख ८८ हजार ६५३ रुपैयाँमा मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।
स्टकका अनुसार ६ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले घट्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले बढेको छ । -रासस















प्रतिक्रिया