२१ कार्तिक २०८३, शनिबार

सल्यानमा सामुदायिक विद्यालयको मुहार फेरिदै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १ असोज । सल्यान रीमको एक विद्यालयको मुहार स्थानीय सरकारको कारण बदलिदै गएको छ । स्थानीय तहमा जनप्रतिनिधी आएको एक वर्ष भित्रै पक्की भवन निर्माण, सीसी क्यामरा तथा विद्युतीय हाजिर जडान जस्ता कार्य सम्पन्न भएपछि विद्यालयको मुहार नै फेरिदै गएको जीवनज्योती माध्यामिक विद्यालय कपुरकोट गाउँपालिका पाँच रीमले जनाएको छ ।

भवन तथा पुस्तकालय उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्र केसीले ठूलो रकम विनियोजन गरि कपुरकोट गाउँपालिकाले शिक्षा क्षेत्रलाइ महत्व दिएकोमा धन्यवाद दिए ।

गाउँपालिकाको ४९ लाख ५५ हजार र विद्यालयको ६ लाख ७५ हजार १ सय ७४ रुपैयाँ गरि जम्मा ५६ लाख ३० हजार १ सय ७४ रुपैयाँको लागतमा चार कोठे पक्की भवन निर्माण भएको हो । उक्त भवनको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गर्दै भौतिक पूर्वाधारको विकास र शैक्षिक विकासमा विशेष ध्यान दिइएको बताए ।

अव दक्ष जनशक्ति उत्पादन गर्नेगरि शिक्षक, अभिभावक सरोकारवाला सबै शिक्षा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘विद्यालयमा आवश्यक जनशक्ति, भौतिक संरचना निर्माण तथा अन्य विभिन्न सहयोग हामी गर्छाैँ । शिक्षकहरुले मिहेनत गरेर पढाउनुस् ।’

सोही अवसरमा पुस्तकालयको पनि उद्घाटन गरिएको छ । दलित विकास समाज सल्यानको कार्यक्रम रुम टू रिड को सहयोगमा स्थापना गरिएको पुस्तकालयको गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले उद्घाटन गरेकी हुन् । अहिले एक लाख ५० हजार बढिको लगानीमा पुस्तकालय स्थापना गरिएको जनाउँदै ३ वर्ष सम्म १० लाख लगानी गरेर पुस्तकालयमा ४ हजार बढि पुस्तकको संख्या पु¥याइने रुम टू रिडले जनाएको छ । अहिले बालबालिका तथा अभिभावकलाइ पनि उपयोगी ९ सय ७३ पुस्तक राखिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल साहुले स्थानीय सरकार तथा विभिन्न संघसंस्था, कार्यालय र अभिभावकहरुको सहयोगमा विद्यालयलाई राम्रै सहयोग प्राप्त भइरहेको सुनाए । प्राविधिक धारको शिक्षा सञ्चालनका लागि कदम अघि बढाइएको जनाउँदै उनले यसमा सहयोग गर्न गाउँपालिकालाइ अनुरोध गरे ।

२०७४ साउन देखि यताको प्रगति सुनाउदै प्रअ साहुले वडा कार्यालयको सहयोगमा १७ वटा सीसी क्यामेरा जडान, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानबाट कम्प्युटर, प्रिन्टर, स्क्यानर तथा कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालाबाट समेत पाँच थान र तुलसिपुर उपमहानगरका मेयर घनश्याम पाण्डेबाट पनि पाँच थान कम्प्युटर सहयोग प्राप्त भएको जानकारी गराए ।

यस्तै विद्यालयमा डिजिटल बोर्ड, विद्यार्र्थीलाई सोलार वितरण, विद्यार्थीलाइ अनिवार्य कोचिङ, विद्यालयको खालि जमिनमा ४ सय बोट कागतीका विरुवा रोपण गरिएको देखि विद्यालयको खेतीयोग्य जमिन तरकारी खेतिका लागि वार्षिक ५० हजारमा ठेक्कामा दिइएको समेत साहुले जानकारी गराए ।