४ कार्तिक २०८३, बुधबार

एपिएफको प्रशिक्षण तामाङले सम्हाल्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्यास लिएका हुन् । खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए । -रासस