२१ कार्तिक २०८३, शनिबार

जीप दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु, आठ घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १ असोज । उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।

विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस