
काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्सका लागि गोल चौथो खेलमा गोल गर्न सफल भएका छन् । उनले सुरुआती तीन खेलमा गोल गर्न सकेका थिएनन् ।
रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस आएका रोनाल्डोले आइतबार सासुलोसँग भएको खेलमा दुई गोल गरे । उनले खेलको ५० औं र ५६ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलमा युभेन्टसले सासुलोलाई २-१ ले पराजित गर्यो ।
सुरुका तीन खेलमा गोल गर्न नसक्दा आफू तनावमा परेको रोनाल्डोले बताएका छन् । फुटबलमा टिमको जित पक्कै पनि हुने तर गोल हुन नसक्दा आफूलाई हल्का तनाव भएको उनले स्वीकारे ।















प्रतिक्रिया