४ कार्तिक २०८३, बुधबार

सकियो नाडा अटो शो २०१८, ६५ हजारद्वारा अवलोकन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असोज । भदौ २६ गतेबाट सुरु भएको नाडा अटो शोमा करिब ६५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । मेला विगतमा भन्दा निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भव्य भएको भएको छ । मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो ।

अटो शो बिगतमा जस्तै यस वर्ष पनि निकै भव्य भएको अवलोकनकर्ताको टिप्पणी रहेको पाइन्थ्यो । यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहिनत गरेको स्टलबाट नै देखिन्थ्यो । यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनको लागि नेपालको आधिकारिक विक्रेता पुजा इण्टरनेशन नेपाल प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले जितेको छ ।

त्यसैगरी अटो पार्टस, ब्याट्रि, टायर र लुव्रिकेण्टसकातर्फबाट रीता अटोमोवाइल्स प्रालिले जितेको छ । नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रालिका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी एउटा छनोट समिति गठन गरेको थियो ।

यस नाडा अटो शोको टाइटल स्पोन्सर सर्वो लुव्रिकण्टसले गरेको थियो । उक्त सर्वो लुव्रिकेण्टसले ५ पटक टाइटल स्पोन्सर गरिसकेको छ । नाडाका अनुसार डोरप्राइजका लागि जय माँ इण्टरकन्टिनेण्टल प्रालिले ६ दिनका लागि नै ६ वटा कूलप्याड मोवाइल स्पोन्सर गरेको थियो । नाडाले कूलप्याड मोबाइल विजेताहरुको नम्बर समेत प्रकाशित गरेको छ ।

जसअनुसार ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५०, ०२६६३९ रहेका छन् । विजेताहरुले आफ्नो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । नाडाका अनुसार १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू रहेका थिए ।

यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको थियो भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहेका थिए । उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सह कोषाध्यक्ष विक्रम सिंहानियाले अटो शो मा सहभागी ७१ कम्पनीहरुलाई मोमेण्टो समेत वितरण गरेका थिए ।