२१ कार्तिक २०८३, शनिबार

लिलामे माईलो नाटकको तयारी प्रारम्भ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । मौलिक र सामाजिक परिवेषमा आधारित लिलामे माइलो नामक लोक नाटक तयारी प्रारम्भ भएको छ ।

मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङको मगर समुदायलाई समेत आधार बनाएर तयार पार्न थालिएको नाटक मंसिर महिनाको अन्तिम हप्ताबाट कुञ्ज नाटक घरमा मञ्चन हुनेछ ।

एक महिनासम्म कुञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानरकारी दिए ।

लिलामे माइलो नाटकका निर्देशक एवंम कलाकारहरुलाई एक समारोहकाबिच लेटाङ प्रस्थानका लागि बिदाइ तथा सम्मान गरियो ।

कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष विकास मानन्धरले नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित सामाजिक भावले यो किसिमको नाटक तयार गर्न थालेकोमा शुभकामना व्यक्त गर्दै जेसिजका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका नेपाल टेलिभिजनका बोर्ड अफ डाईरेक्टर एवं लेखन कुञ्जका सम्पादक वरिष्ठ पत्रकार टंक पन्तले नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले नयाँ युवा पुस्तका निर्माताहरूलाई आर्कषण गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुने बताए ।

लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृति,पर्व ती गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्वारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए ।

चरित्र निमार्ण नाटकका लागि महत्वपूर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफूले निभाउनु पर्ने चरित्रमाथिको भूमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्वारा चरित्र निमार्ण गर्नका लागि लेटाङजान लागेको बताए ।

नाटकका दर्सकहरुलाई यथार्थता महशुस गराउन स्थलगत संगीत र प्रत्यक्ष संगीतको प्रयोग गरिनेछ । नाटकका दर्शकहरुलाई गाउँले परिबेससम्म पुर्याउन दृष्य अनुसारका स्थानीयस्तरमा उपलब्ध झारपात तथा जडिबुटीहरुको बास्नाको समेत प्रयोग गरिनेछ ।