काठमाडौं, ८ माघ । संविधानसभामा प्रवेशमा सभासद्हरुलाई कडा चेकजाँच गरिएको छ ।
संविधानसभा बैठक कक्ष प्रवेश गर्ने मुल ढोकामा मर्यादापालकले सभासद्हरुलाई कडा चेकजाँच गरेका हुन् । संविधानसभा बैठक कक्षमा शंकास्पद रुपमा राखिएको १० पोका खुर्सानीको धुलो भेटिएपछि संविधानसभा सचिवालयले कडा चोकजाँच गरेको हो । बैठक कक्षमा झोला, चूरोटका बट्टा, सलाइ र लाइटर समेत लैजान दिइएको छैन । सत्तारुढ दलका सभासद् भन्दा आफ्ना सभासदहरुलाई बढी खानतलासी गरेको भन्दै एमाओवादीले आपत्ति जनाएको छ । एमाओवादीका सभासद् अग्नी सापकोटाले संविधानसभालाई ब्यारेक र जेल बनाउन खोजिएको आरोप लगउनुभयो ।
एमाओवादीका सभासदलाई कोट र स्वेटर लगायतका लुगा खोल्न लगाएर नांगेझार पारेर चेकजाँच गरिएको भन्दै उहाँले त्यसो नगर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेको जानकारी दिनुभयो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा बाबुराम भट्टराई, मधेशी मोर्चाका अध्यक्ष बिजयकुमार गच्छदार, मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतले संविधानसभा अध्यक्ष नेम्वाङलाई भेटेर यसप्रति आपत्ति जनाएको उहाँले जानकारी दिनुभयो । सापकोटाले विपक्षी दलका सभासद् बस्ने टेबुलको माइक समेत झिकेर भेतभाद गरिएको दाबी गर्नुभयो ।















प्रतिक्रिया