१ कार्तिक २०८३, शनिबार

म्यानमारको जेलबाट दर्जनौं कैदी फरार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्यानमार, १ असोज । म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् ।

आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरूका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका छन् ।

कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरू भागेको जानकारी दिए । तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उनले बताए ।

आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् । एएफपी