४ कार्तिक २०८३, बुधबार

‘सिते बा’ले देशव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । व्यवसायसँगै हाँस्य टेलिसिरियल ‘भद्रगोल’को पर्दामा रमाएका मधुसुदन पाठक अर्थात् ‘सित बा’ले खेलकुदको विकासमा होस्टेमा हैंसे गर्दैछन् । उनीद्वारा सञ्चालित जेष्ट ब्याडमिन्टन एकेडेमीले असोज ३ गते देखि ६ गते सम्म तेस्रो देशव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले आयोजना गर्न लागेको देशव्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल, महिला एकल, १५ वर्ष मुनिका बालवाबालिकाहरुको प्रतिस्पर्धामा मास्टर ३५, मास्टर ४५, मिक्स डबल र पुरुष डबलमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराइनेछ ।

सरकारले खेल क्षेत्रमा खासै प्राथमिकतामा नराखेको बताउँदै जेष्ट एकेडेमीका अध्यक्ष पाठकले भने, ‘ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउन म यस क्षेत्रमा लागेको हुँ ।’ उनले धुमुर्स-सुन्तलीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

सिते बाले खेल खेल्नु पर्छ भन्ने भावनाको विकास गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए ।

जेष्ट ब्याटमिन्टन एकेडेमीले २०७३ र २०७४ मा पहिलो र दोस्रो देशव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिसकेको छ ।

एकेडेमीले ब्याडमिन्टन खेलप्रति लगाव भएका विद्यार्थी तथा अन्य व्यक्तिहरुका लागि सशुल्क तालिम दिँदै आएको छ ।

प्रतियोगिता असोज ३ गतेदेखि ६ गतेसम्म बसुन्धरास्थित एकेडेमीको कभर्ड हलमा हुनेछ ।