४ कार्तिक २०८३, बुधबार

एनबीआई र एनएमबि बैंकबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ ।  नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड र एनएमबि बैंक लिमिटेड बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले एनएमबि बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटबाट न्यूनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएका हो ।

यसैबीच, तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ । ७ प्रतिशत उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु निःशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो, जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।

‘नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो । एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौँ’, एनएमबिले जनाएको छ ।

‘एनएमबि तलब खाता देशको दीगो अर्थतन्त्रका खातिर योगदान पुर्‍याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो’ बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।