लण्डन, ३१ भदौ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० ले हराएको हो ।
सिटीको जितमा लिरोय साने, डेविड सिल्भा र रहिम स्ट्रर्लिङ्गले गोल गरे । सानेले दोस्रो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लियो ।
दोस्रो हाफको दोस्रो मिनेट अर्थात ४७ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गरेपछि सिटीले ३–० को जित निश्चित गरेको हो । जितपछि तेस्रो स्थानमा उक्लिएको सिटीको पाँच खेलबाट १३ अंक भएको छ ।
शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो । आर्सनलको जितमा ग्रानिट जाका र मेसुट ओजिलले गोल गरे । न्युक्यासलका लागि किरन क्लार्कले एक गोल फर्काए । पाँच खेलबाट ९ अंक जोडेको आर्सनल सातौँ स्थानमा उक्लिएको छ । एजेन्सी















प्रतिक्रिया