४ कार्तिक २०८३, बुधबार

वामदेव गौतम यताबाट सांसद बन्ने !

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले छिमेकी जिल्ला बाँकेको क्षेत्र नं. ३ मा नगर लगाएको खलासा भएको छ ।

बाँके क्षेत्र नं. ३ बाट विजयी भएका सांसद नन्दलाल रोकायलाई राजीनामा गर्न लगाएर गौतमले उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेको स्रोतले जनाएको छ ।

डोल्पाबाट निर्वाचन लड्ने योजना बिथोलिएपछि गौतमले बाँकेको क्षेत्र नं. ३ मा आँखा लगाएका हुन् । बाँके क्षेत्र नं. ३ का सांसद बुढासँग महासचिव विष्णु पौडेलले गौतमका लागि राजीनामा दिन आग्रह गरेका छन् । गत शुक्रबार महासचिव पौडेलले सांसद बुढासँग संसद भवन नयाँ बानेश्वरमा भेट गरी राजीनामा दिन सुझाव दिएका हुन् ।

बाँके क्षेत्र नं. ३ का सांसद बुढाले महासचिव पौडेलले गौतमका लागि राजीनामा दिएर बाटो बनाइदिन आग्रह गरेको स्वीकार गरेका छन् । महासचिव पौडेलको आग्रहपछि सांसद बुढाले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिन निर्देशन दिए आफू राजीनामा तयार रहेको जवाफ दिएका छन् ।

बर्दियामा आफू पराजित भएको क्षेत्रसँगै जोडिएको बाँके क्षेत्र नम्बर ३ बाट गौतमले सांसद बन्ने सपना देखेका छन् ।

डोल्पाबाट निर्वाचित भइ पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका धनबहादुर बुढाले शुरुमा राजीनामा गरेर गौतमलाई उपनिर्वाचनका लागि बाटो खोलिदिने आश्वासन दिएका थिए । तर, धनुबहादुर बढाले राजीनामा नदिने जनाएपछि गौतमलाई धक्का लागेको थियो ।

त्यसपछि गौतमले प्यूठान जिल्लालाई ताकेको थियो । प्यूठानकी राष्ट्रिय जनमोर्चाका संसाद दुर्गा पौडेललाई राजीनामा गराउने गौतमको प्रयास पनि असफल भएको छ ।

यसपछि रुकुम पूर्व तत्कालीन माओवादी केन्द्रकी कमला रोकालाई राजीनामा गराउने चर्चा चलेको थियो । रोकाले समाजिक सञ्जालबाटै त्यसको प्रतिरोध गरेकी थिइन् ।

ललितपुरबाट सांसदमा निर्वाचित सांसद नवराज सिलवाललाई घरमै बोलाएर गौतमले राजीनामा गर्न आग्रह गरेका थिए । तर सिलवालले पनि गौतमको आग्रहलाई अस्वीकार गरिदिएका छन् । सिलवालले नमानेपछि गौतमको नजर नवलपरासीमा परेको थियो ।

बाँके क्षेत्र नं. ३ कम्प्युनिष्टको प्रभाव क्षेत्र मानिन्छ । क्षेत्र नम्बर ३ का तीन वटै स्थानीय तहमा तत्कालीन एमालेले जितेको छ । सो क्षेत्रबाट निर्वाचित पुराना वामपन्थी नेता रोकाय राजनीतिमा वामदेवका समकालीन हुन् ।

गौतम बर्दियाको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । गौतमलाई नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित गरिदिएका थिए ।