१ कार्तिक २०८३, शनिबार

प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूवान्डा, ३१ भदौ । रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ ।

रूवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका उहाँका दुई हजार समर्थकलाई एक्कासी रिहा गर्न निर्देशन दिएपछि उनीहरू रिहा भएका हुन् ।

‘राष्ट्रपतिद्वारा स्वतन्त्रता प्रदान गरेकोमा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु’, इनाविरले राजधानी किगालीको मागेरागेरा जेलबाट रिहा भए लगत्तै सञ्चारकर्मीसँग बताए ।

‘यो रूवान्डामा राजनीतिका लागि मलाई दिइएको स्वतन्त्रताको शुरुवात भएको मैले विश्वास गरेको छु’, उनले भने ।

राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखिँदै आएका अन्य बन्दीहरूलाई पनि रिहा गर्न राष्ट्रपति कगामीसमक्ष उनले आग्रह गरे । एएफपी