४ कार्तिक २०८३, बुधबार

निर्मला हत्याकाण्डको छानविनमा असफल सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । निर्मला पन्तको बलात्कापछि हत्याका दोषीलाई पत्ता लगाउन जिम्मेवारीपूर्ण काम गर्न नसकेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । उनीसँगै अन्य चार प्रहरी पनि निलम्बनमा परेका छन् ।

बलात्कापछि हत्यामा संलग्नलाई खोजी गर्न जिम्मेवारी ननिभाएको भन्दै डीएसपीसहित सीआईबीका पाँच प्रहरीलाई सरकारले निलम्बन गरेको हो ।

शनिबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छानविन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहले जनाएको छ । प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।