४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिप : फाइनलमा भारत र माल्दिभ्स भिड्दै, कसले मार्ला बाजी ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । शनिबार साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । आज फाइनलका लागि भारत र माल्दिभ्स भिड्दैछन ।

१२ औं संस्करणको साफको फाइनल खेल बंगलादेशको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बाट शुरु हुनेछ । सात पटकको विजेता भारतको लक्ष्य उपाधि चुम्नु हो । माल्दिभ्सले सन् २००८ मा उपाधि हासिल गरिसकेको छ । आजको खेलमा जित हासिल गर्दै माल्दिभ्स दोस्रो पटक उपाधि चुम्ने बाटोमा हुनेछ ।

समूह चरणमा पनि यी दुई टोली आमुन्नेसामुन्ने भएका थिए । त्यसमा माल्दिभ्स भारतसँग दुई गोलको अन्तरले पराजित भएको थियो ।

भारतले सेमिफाइनलमा पाकिस्तान पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने माल्दिभ्सले नेपाललाई हराएर भारतसँगको भेट पक्का गरेको थियो ।