२१ कार्तिक २०८३, शनिबार

धापासीको हरिहर आश्रममा वृक्षारोपण

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको लायन्स क्लब अफ गुल्मी, लायन्स क्लब अफ रेसुंगाले धापासीको हरिहर आश्रम क्षेत्रमा वृक्षारोपण कायर्यक्रम संपन्न गरेको छ ।

धुपी बेलौती, स्वामी, पिपल, अमला रुद्राक्ष लगायत २ सयभन्दा बढी बिरुवा रोपिएको थियो । बिगतमा रोपिएका बिरुवाको प्रबर्द्धन समेत गरिएको थियो ।

लायन्सका नेताहरू राजन लम्साल, बालकृष्ण बुर्लाकोटी, भीमलाल पौड्याल, लीला खरेल, मञ्जरी खरेल लायन्स गुल्मीका अध्यक्ष रामहरि ज्ञवाली, लायन्स गुल्मी रेसुगाकी अध्यक्ष जमुना पौडेल, वरिष्ठ पत्रकार टंक पन्त लगायतले वृक्षा रोपण गरेका थिए । सो कार्यक्रमका लागि खोज तथा अनुसन्धान विकास केन्द्र नेपालका नारायण ज्ञवालीले विरुवाहरू उपलब्ध गराएका थिए ।

श्रम तथा सहकारीमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यता एवं लायन्स क्लव गुल्मी, रेसुगा सहितको विशेष सहभागितामा लायन्स क्लब डिष्ट्रिक ३२५ बी वानको संयुक्त पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ ।

रेसुगाको क्लबको छैटौ चार्टर नाइट कार्यक्र पनि लायन्स क्लबले गर्दै समाजसेवा र आगामी दिनमा गर्ने कार्यक्रमको समीक्षा गरी सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष जमुना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राजन लम्साल, भीमलाल पौडेल, भूगोल शेरचन, मञ्जरी खरेल, रीता खनालले क्लबले छोटो समयमा पनि समाज सेबाको क्षेत्रमा गरेका महत्वपुर्ण कार्यको चर्चा गरेका थिए । क्लबले स्वास्थ शिबिर, रक्तदान जस्ता कार्य गर्दे आएको छ ।

लायन्स क्लब अफ लर्डबुद्धले दुख पाएका निशहाय बालबालिका, महिलालाई बिशेष सहयोग गर्ने गरेको छ । दुई दिनअघि मात्रै लर्ड बुद्धका अध्यक्ष बिष्णु भण्डारीको नेतृत्वमा चितवन गएको क्लबले टोलीले त्यहाका असहाय गरीब दुःखीलाई सहयोग हस्तान्तरण गरेर फर्किएको छ ।

सो क्लबले असोजको दास्रो हप्ता गुल्मीमा ठूलो स्वास्थ्य शिबिर संचालन गर्ने गरी तयारी पनि गरेको क्लबका अध्यक्ष भण्डारीले बताएका छन । डा भगवान कोइरालाको नेतृत्वमा स्वास्थ्य कर्मीको टोलीलाई सो स्वास्थ्य शिबिरमा लगिने भएपछि गुल्मेलीहरू उत्साहित भएका छन् ।