काठमाडौं ८ माघ । सदन र सडक तताइरहेको एमाओवादी संविधानसभा बैठकको अन्तिम दिन आज कसरी प्रस्तुत हुने भन्ने रणनीतिमा जुटेको छ ।
संविधानसभा बैठकमा आफूहरुको प्रस्तुतिका विषयमा एकीकृत नेकपा माओवादी र उसको नेतृत्वको १९ दलिय मोर्चा रणनीति तयारीमा जुटेको हो । त्यसका लागि एकीकृत माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।
सत्तारुढ दलहरुले प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेकाले त्यसविरुद्ध कसरी उभिने भन्ने विषयमा विपक्षीदलहरु लागेका छन् ।
संविधानसभा भित्रका १९ दल र बाहिरका समेत गरी ३० दलीय मोर्चाले आज मुलुकभर प्रदर्शन गर्ने भएका छन् । संविधानसभा घेराउ र जिल्ला सदरमुकाममा प्रदर्शनको तयारी गर्न लागेको समाजवादी जनता पार्टीका सभासद प्रेमबहादुर सिंहले जानकारी दिए ।
















प्रतिक्रिया