४ कार्तिक २०८३, बुधबार

क्रिकेट मैदान बनाउन धुर्मुस-सुन्तलीले पाएनन् जग्गा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउन्डेसनलाई कृषि तथा वनविज्ञान विश्वविद्यालयको सिनेट बैठकले जग्गा नदिने निर्णय गरेको छ ।

सामाजिक कार्यमा होमिएका धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा २० बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

मेयर रेणु दाहालको पहलमा रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका निर्माणका लागि चाहिने जग्गा लिने कुरा भएको थियो । तर, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीले क्रिकेट मैदानका लागि नापजाँच समेत गरिएको जग्गा कृषि विश्वविद्यालयको नाममा नरहेको बताए । उनले उक्त जग्गा क्रिकेट मैदानका लागि दिन नसक्ने बताएका हुन् ।

उक्त जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको बुझिएको छ ।